मिशन: शिक्षा, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सामाजिक समावेशीकरण तथा श्रम र रोजगार क्षेत्रको विकासमार्फत सामाजिक न्याय, समानता, समावेशिता र मानव विकासलाई प्रवर्द्धन गर्दै समृद्ध तथा सभ्य समाज निर्माणमा योगदान पुर्याउनु। मिशनका प्रमुख आधारहरू: गुणस्तरीय तथा सर्वसुलभ शिक्षाको प्रवर्द्धन गर्ने। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हकहित संरक्षण गर्ने। अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरण सुनिश्चित गर्ने। सीमान्तकृत तथा पछाडि परेका समुदायको सामाजिक र आर्थिक विकास गर्ने। श्रम तथा रोजगारका अवसर सिर्जना र प्रवर्द्धन गर्ने। सामाजिक कुरीति, विभेद र असमानताको अन्त्य गर्ने। लक्षित वर्गसम्म सामाजिक विकासका कार्यक्रमको प्रभावकारी पहुँच पुर्याउने।