१. कार्यालयको मुख्य लक्ष्य

सल्यान जिल्लामा शिक्षा, महिला तथा बालबालिका, युवा तथा खेलकुद, श्रम तथा रोजगार र समाज कल्याणका क्षेत्रमा समावेशी, समानतामूलक तथा गुणस्तरीय सेवा प्रवाह गर्दै सामाजिक तथा मानव विकासमा योगदान पुर्याउनु।

२. कार्यालयका प्रमुख उद्देश्यहरू

1. जिल्लामा गुणस्तरीय शिक्षाको पहुँच र अवसर विस्तार गर्नु।

2. महिला सशक्तीकरण तथा लैङ्गिक समानता कायम गर्नु।

3. बालबालिकाको हकहित संरक्षण तथा बालमैत्री वातावरण निर्माण गर्नु।

4. ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका समुदायको सामाजिक संरक्षण गर्नु।

5. युवाको क्षमता विकास, नेतृत्व विकास तथा सामाजिक सहभागिता अभिवृद्धि गर्नु।

6. खेलकुदको विकास, विस्तार तथा खेल पूर्वाधार निर्माणमा सहयोग गर्नु।

7. सीपमूलक तथा व्यावसायिक तालिममार्फत युवालाई रोजगार तथा स्वरोजगार बनाउनु।

8. श्रम तथा रोजगारसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नु।

9. सामाजिक विभेद, लैङ्गिक हिंसा तथा सबै प्रकारका असमानता न्यूनीकरण गर्नु।

10. लक्षित वर्गको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थामा सुधार ल्याउनु।

11. प्रदेश सरकारका नीति, योजना तथा कार्यक्रम जिल्लास्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु।

12. सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी प्रभावकारी सेवा प्रवाह गर्नु।

३. कार्यालयका प्रमुख कार्यक्षेत्र

  • शिक्षा तथा मानव संशाधन विकास

  • महिला विकास तथा सशक्तीकरण

  • बालबालिका तथा किशोरकिशोरीको संरक्षण

  • युवा तथा खेलकुद विकास

  • श्रम तथा रोजगार प्रवर्द्धन

  • समाज कल्याण तथा सामाजिक संरक्षण

  • भाषा, कला, संस्कृति तथा सम्पदाको संरक्षण

४. कार्यालय स्थापनाका मुख्य उद्देश्य

सामाजिक विकास कार्यालय सञ्चालन कार्यविधि, २०७६ अनुसार:

  • एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्नु।

  • सेवाग्राहीलाई एउटै स्थानबाट विभिन्न सामाजिक सेवा उपलब्ध गराउनु।

  • सेवा प्रवाहमा मितव्ययिता र प्रभावकारिता कायम गर्नु।

  • कर्मचारीको कार्यदक्षता अभिवृद्धि गर्नु।

  • उपलब्ध साधन तथा स्रोतको प्रभावकारी उपयोग गर्नु।

  • नतिजामुखी कार्यसम्पादन सुनिश्चित गर्नु